अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पुरुषको तुलनामा महिलाको ज्याला बढी हुनुपर्छ : ज्वाला साह

पुरुषको तुलनामा महिलाको ज्याला बढी हुनुपर्छ : ज्वाला साह


काठमाडौँ– पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य ज्वाला साहले पुरुषको तुलनामा महिलाको ज्याला बढी हुनुपर्ने बताउनुभएको छ । बाराको सदरमुकाम कलैयामा टेवा धापाखेल ललितपुरको समन्वय एवं ग्रामीण उत्थान अभियान कलैयाको आयोजनमा भएको सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरणको दोस्रो चरणमा पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

साहले घरको सम्पूर्ण काम गरेर पुनः जागिरका क्रममा समेत इमानदार भएर कर्तव्य निर्वाह गर्ने महिलाको ज्याला कम हुनु गलत भएको बताउनुभयो । आफू भूमिसुधार मन्त्री भएको बेला महिलाहरुको नाममा लाल पुर्जा दिइनुपर्छ भनेर मुक्त कमैयाहरुलाई लाल पुर्जा दिँदा श्रीमान् श्रीमती दुवैको नाममा पुर्जा बनाएको उहाँले उल्लेख गर्नुभयो ।  

साहले वर्तमान सरकारले एमालेको कुरा नसुनेकाले देशको आर्थिक अवस्था कमजोर भएको बताउनुभयो । उहाँले मधेस प्रदेश सरकारका कारण मधेसका महिलाहरुको अवस्था दयनीय भएको बताउनुभयो ।  

साहले बेटी पढाऊ बेटी बचाऊ अभियान चलाएको सरकारले साइकल किनौँ कमिसन खाऔँमा सीमित भएकाले अख्तियारले समातेको बताउनुभयो । मधेसमा दाइजो प्रथा विकराल बन्दै गएको र यसबाट कयौँ घर बरबाद भएको भन्दै उहाँले आ–आफ्नै स्तरबाट   दाइजो नलिने र नदिने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।