अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त


काठमाडौं-नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल हुनु भएको छ। दीपक थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपीका लागि प्रतिस्पर्धामा हुनुहुन्थ्यो। आईजीपीका तीन जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ‍। यसैगरी प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ हुनुहुन्थ्यो। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ।