अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त


काठमाडौं-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त हुनुभएको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो। बैतडी स्थायी ठेगाना भएका भट्टको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो। यसअघि अनिल पोखरेल कार्यकारी निर्देशक हुनुहुन्थ्यो।

कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो। भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्। उहाँसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ।

मन्त्रिपरिषद्को सोही बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।