अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

आज सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौँ– सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि नयाँ रेकर्ड बनेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य कायम भएको छ । हिजो तोलाको १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । हिजो तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी आज १ हजार ५५५ कायम भएको छ ।