अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाडै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: शंकर पोखरेल

चाडै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले चाडै प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनु भएको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

महासचिव पोखरेलले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकार बन्ने प्रक्रिया शुरु हुने बताउनु भयो। उहाँले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बतार्नु भयो।

उहाँले सत्तामा सहभागी दलहरुबीच छलफल भइरहेको बताउनुभयो।