अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

एमाले उदयपुरको अध्यक्षमा पाँच जनाको उम्मेदवारी


उदयपुर-नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। एमाले उदपुरको नवौं अधिवेशनबाट अध्यक्ष बन्नका लागि पाँच नेताले उम्मेदवारी दर्ता गराएका हुन्।

२०८० चैत १३ गते मंगलबारबाट जिल्ला सदरमुकाम गाईघाटमा सुरु भएको अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेपनि पाँच जनाले उम्मेदवारी दिएका हुन् ।

अध्यक्षका लागि परमेश्वर घिमिरे, विमल कार्की, भागवत राउत, गोपाल खत्री र खड्गबहादुर परियारले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

आकांक्षीमध्ये घिमिरे वर्तमान जिल्ला अध्यक्ष हुन्। कार्की पूर्व प्रदेश सांसद हुन्। त्यस्तै राउत युवा नेता तथा समाजसेवी हुन्। खत्री कोशी प्रदेश कमिटीका पूर्व सदस्य हुन्। त्यसैगरी परियार कोशी प्रदेश कमिटीका पूर्व सदस्य हुन् ।

यस्तै उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्। वर्तमान सचिव कालुमान लामासहित दिलबहादुर तामाङ र भरतबहादुर थापाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यसैगरी सचिवमा महेश रोका, टेकबहादुर राउत र शम्भु पौडेलको उम्मेदवारी दिएका छन्। यस्तै महिला उपसचिवमा गंगा राई, गीता खड्का र महेश्वरी राईले उम्मेदवारी दिएका छन् ।

यस्तै खुल्ला उपसचिवका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिएका छन्।

अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन्। कोही सर्वसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनावी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा छन्।

नेकपा एमाले उदयपुरको नवौँ अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले गर्नुभएको थियो।