अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित


पोखरा-नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनुभएको छ।

एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको हो।

बैनबहादुरले ५५१ मत पाउनु भएको छ भने बास्तोलाले ३४७ मत प्राप्त गर्नुभयो । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गर्नुभयो।

उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा (५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी हुनु भएको छ।