अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा

एमाले उदयपुर अध्यक्षमा परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा


उदयपुर-नेकपा एमाले उदयपुरकाे अध्यक्षमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा परमेश्वर घिमिरे र भागवत राउतबी प्रतिस्पर्धा हुने भएको हो।

यसअघि अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएकामा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका विमल कार्की, गोपाल खत्री र खड्गबहादुर परियारले उम्मेदवारी फिर्ता लिएका हुन्। योसँगै अध्यक्षमा घिमिरे र राउत प्रतिस्पर्धा हुने भएको हो।

घिमिरे एमालेको वर्तमान जिल्ला अध्यक्ष हुन्। राउत पूर्व कोशी प्रदेश कमिटी सदस्य तथा समाजसेवी हुन्।

एक स्रोतका अनुसार अध्यक्षको उम्मेदवारी फिर्ता लिएका विमल कार्कीले राउतलाई सहयोग गर्ने भएका छन्। राउतको पक्षमा कार्कीसँगै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य ईश्वरमणी राउतले सहयोग गर्ने जनाएको छ।

घिमिरेलाई कटारी नगरपालिकाका पूर्वमेयरसमेत रहेका प्रदेश कमिटी सदस्य ज्ञानेन्द्र श्रेष्ठ, चौदण्डीगढीका मेयर तथा वर्तमान जिल्ला सचिव कालुमान लामाले साथ दिएको एक स्रोतले जनाएको छ। नेताहरुका अनुसार घिमिरेलाई प्रदेशमा भएका केही स्थायी कमिटी सदस्यहरुको पनि सहयोग रहेको छ। लामाले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ।

यस्तै उपाध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुँदै छ। निवर्तमान सचिव तथा चौडण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, निवर्तमान उपसचिव भरतबहादुर थापा र कोशी प्रदेश कमिटीका पूर्व सदस्य दिलबहादुर तामाङबीच प्रतिस्पर्धा हुने भएको छ। 

सचिव पदमा निवर्तमान उपसचिव टेकबहादुर राउत, प्रदेश कमिटीका पूर्व सदस्य शम्भु पौडेल र जिल्ला कमिटी सचिवालय सदस्य महेश रोक्काबीच प्रतिस्पर्धा हुने भएको छ। उपसचिव महिलामा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, कटारी नगरपालिकाका उपमेयर गिता खड्का र गंगा राईबीच प्रतिस्पर्धा हुने भएको छ।

खुल्ला उपसचिवका लागि ६ जना प्रतिस्पर्धामा छन्। हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उपसचिवमा उम्मेदवारी दिएका छन्।

जिल्ला नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुंगो लगाउने भएको हो। सहमती नभएपछि निर्वाचनबाटै नेतृत्व चयन गर्नु परेको नेकपा एमाले काेशी प्रदेशका एक सदस्यले जानकारी दिनुभयो।

नेकपा एमाले उदयपुरको नवौँ अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष ईश्वर पोख्रेलले गर्नुभएको थियो।