अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली झापामा

एमाले अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली झापामा


दमकनेकपा (एमाले) झापाको बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११औ अधिवेशनको तयारी पूरा भएको जनाएको छ। 

अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा आइपुग्नु भएको छ।

एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा आउनेक्रम सुरु भएको उहाँले जानकारी दिनुभयो।

पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने कार्कीले बताउनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा  जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरू, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत सङ्गीतका क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरिने तयारी रहेको पनि उहाँले बताउनुभयो । 

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएको कार्यकर्ताहरूको भनाइ छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि कार्कीले जानकारी दिनुभयो ।