अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अधिवेशन: भागवत राउतकाे अग्रता, कसले कति मत पाए ?

एमाले उदयपुर अधिवेशन: भागवत राउतकाे अग्रता, कसले कति मत पाए ?


काठमाडौं-नेकपा एमाले उदयपुरको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा भागवत राउतकाे अग्रता छ। १०० मत गणना गर्दा राउतकाे ६३ मत पाउनु भएको छ भने परमेश्वर घिमिरेकाे ३६ मत प्राप्त गर्नुभएको छ।

उपाध्यक्षमा दिलबहादुर तामाङको अग्रता छ। उहाँको ३८ मत आउँदा दोस्रोमा कालु लामा २७ मत र भरत थापा २३ मत रहेको छ।

यस्तै सचिवमा टेकबहादुर राउत अगाडि रहेका छन्। उहाँको ३८ मत हुदा दोस्रोमा सम्भु पौडेलको २६ र महेश रोकाको २१ मत छ।
सहसचिवमा हेम खड्का ३४ मतका साथ अग्रस्थानमा रहेका छन् भने दोस्रोमा जीवनाथ दाहाल २० मत रहेको छ। मन्दीप राई १४, दुर्गानन्द चौधरी १३ र धर्मब‍हादुर तामाङको ७ मत रहेको छ। महिला सहसचिवतर्फ गंगा राई ५१ मतका साथ अग्रतामा छिन् भने दोस्रोमा महेश्वरी राई २६ मत र गिता खड्का १७ मत छ।