अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस लोकतान्त्रिक पार्टी होइन : अध्यक्ष ओली

काँग्रेस लोकतान्त्रिक पार्टी होइन : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले काँग्रेसलाई लोकतन्त्रको रक्षाका विषयमा ‘फुर्ती’ नगर्न नेपाली चेतावनी दिनुभएको छ
एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस अलि शक्तिशाली भयो भने फेरि पनि बुथ कब्जा गरेर चुनावमा जबरजस्ती गर्छ। अहिले पो कांग्रेस कमजोर भएको छ।’ कांग्रेसले निषेधको राजनीति गरेको उहाँकोभनाइ छ ।

नेपालमा पञ्चायतविरुद्ध कहीँकतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन सुरु गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘त्यो बेलाको झापालीको आन्दोलनले पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकायो। जुनबेला तत्कालीन शासकविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैन थियो।’

नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको अध्यक्ष ओलीको भनाइ छ , । उहाँले भन्नुभयो, ‘झापाली आन्दोलनले संघर्ष र देशभक्तिको बाटो देखाएको छ। यो आन्दोलनको असाधारण महत्व छ।’

देशको रानीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय रहेको एमाले अध्यक्ष ओलीले बताउनुभयो। अनेक पटकका नेपालको लोकतान्त्रिक आन्दोलनमा झापाको योगदान तारिफ गर्न योग्य रहेको उहाँले बताउनुभयो।