अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी सञ्चालन र कार्यालय व्यवस्थापनका बारेमा अनुभव लिन रास्वपा महासचिवको टोली एमाले मुख्यालयमा

पार्टी सञ्चालन र कार्यालय व्यवस्थापनका बारेमा अनुभव लिन रास्वपा महासचिवको टोली एमाले मुख्यालयमा


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकाल सहितको पदाधिकारी टोली अध्ययन भ्रमणका लागि पुगेको छ ।
दलका कार्यलय कसरी व्यवस्थित गर्ने,आन्तरिक प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय एमालेबाट सिक्न सो टोली आज पार्टी मुख्यालय पुगेको हो । एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरुसँगको भेटघाटपछि रास्वपाले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्दछ भन्ने निष्कर्ष निकालेर एमाले मुख्यालयमा अध्ययन भ्रमणका लागि टोली गएको हो । रास्वपाको टोलीलाई महासचिश शंकर पोखरेलले पार्टी सञ्चालनको पद्धती,कार्यालय व्यवस्थपना विधी,आदिका बारेमा जानकारी गराउनुभएको थियो । एमालेको तर्फबाट महासचिव पोखरेल सहित उपमहासचिवद्वय प्रदिप ज्ञवाली,विष्णु रिमाल,परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईसंगठन विभागका प्रमुख काशीनाथ अधिकारी,कार्यलय सचिव डा.भिष्म अधिकारी लगायत हुनुहुन्थ्यो ।
एमाले मूख्यालयको भ्रमणपछि रास्वापाको फेसबुक पेजमा यस्तो लेखिएको छ –
पार्टीको आन्तरिक प्रशासन र व्यवस्थापनले समग्र राजनीतिक परिणाममा समेत प्रभाव पार्ने हुन्छ । तसर्थ राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी तथा कर्मचारीले आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो । उक्त अध्ययन भ्रमणमा पार्टी महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरु शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता रहेको थियो ।
उक्त भ्रमणमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु प्रसाद रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई तथा कार्यालय सचिव डा. भिष्म अधिकारी लगायतले पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरुबारे जानकारी दिनुका साथै पार्टी कार्यालयको अवलोकन समेत गराउनुभएको थियो ।