अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीमा सत्ता गठबन्धनमा बहुमत पुग्ने निश्चित भएपछि चैत १९ गते विश्वासको मत लिदै मूख्यमन्त्री

बागमतीमा सत्ता गठबन्धनमा बहुमत पुग्ने निश्चित भएपछि चैत १९ गते विश्वासको मत लिदै मूख्यमन्त्री


हेटौंडा -आफ्नो पक्षमा बहुमत पुग्ने भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिनुहुने भएको छ।

शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभयो ।
फागुन २३ गते नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।

११० सदस्यीय प्रदेशसभामा जमरकट्टेलले ५६ मत जुटाएमा मुख्यमन्त्रीमा निरन्तरता पाउनुहुनेछ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।