अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापा अधिवेशन: बन्द सत्र सुरु, भोलि उम्मेद्वारी दर्ता, आइतवार मतदान

एमाले झापा अधिवेशन: बन्द सत्र सुरु, भोलि उम्मेद्वारी दर्ता, आइतवार मतदान


झापा-नेकपा एमाले झापाको नेतृत्वका लागि पदाधिकारी, सदस्य तथा लेखा समितिका लागि उम्मेद्वारको मनोनयन शनिवार हुने भएको छ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार विर्तामोडको अग्रसेन भवनमा उद्घाटन गर्नुभएको ११औं जिल्ला अधिवेशनमा शुक्रवार बन्द सत्र सुरु भएको छ।

शुक्रवार मतदाता नामावली प्रकाशन भएको छ भने शनिवार उम्मेद्वारको मनोनयन र आइतवार मतदान कार्यक्रम तय भएको निर्वाचन समितिका सदस्य दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘शनिवार बिहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने छ।’

आइतवार बिहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको र मतदान सकिए लगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

मतदानस्थल अग्रसेन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने भएको छ।

मुख्य पदाधिकारी सहमतिमा चयन हुने पार्टीका नेताहरुले सार्वजनिक रुपमै बताउने गरेका छन् । पार्टीका जिल्ला इञ्चार्ज विशाल भट्टराईले ‘अधिवेशन सहमतिमा सम्पन्न हुने उच्च तहमा सल्लाह’ भएको संकेत उद्घाटन सत्रमा मन्तब्यको क्रममै बताइसक्नु भएको छ।

अध्यक्ष र सचिवका आकांक्षी को-को ?

जिल्ला अध्यक्षका लागि दुईजनाले आकांक्षा देखाएका छन्। अहिलेको कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेलले दाबी गर्नुभएको छ। तर नेतृत्वले सर्वसम्मत नेतृत्व छनौटको तयारी गरेको छ। तर दुवै जना अध्यक्षबाट ब्याक हुने अवस्था नरहेकाले निर्वाचन कमिटीले भने निर्वाचनको तयारी गरेको छ।

सचिवमा भने तुलसी कार्की र बोधप्रसाद घिमिरेले आकाक्षी छन्।

उपसचिवमा भने टीकाराम मग्राती र खगेन्द्र नेपालले आकांक्षा देखाएका छन् । महिला उप सचिवमा भने देवीमाया भट्टराई, मिना विश्वकर्मा र अनिता कन्दंगवा आकाङ्क्षी छन्।