अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला अधिवेशनको तयारीमा जुट्यो एमाले भोजपुर

जिल्ला अधिवेशनको तयारीमा जुट्यो एमाले भोजपुर


भोजपुर-नेकपा एमाले जिल्ला कमिटी भोजपुर ९औं अधिवेशनको तयारीमा जुटेको छ। वैशाख ३-४ गते जिल्ला अधिवेशन गर्ने निर्णयअनुसार व्यवस्थापकीय र सांगठानिक रूपमा तयारी तीव्र पारिएको आज आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा भोजपुर एमालेका अध्यक्ष शरणकुमार राईले मिसन ०८४ मा भोजपुरमा एमालेले क्लिनस्वीप पार्ने मुख्य उद्देश्यका साथ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने गरी आफू लागेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नवौं जिल्ला अधिवेशनमा एक ढिक्का बनाएर सर्वसम्मत नेतृत्व चयन तर्फ जान्छौं। नेतृत्वमा आउन सबैको इच्छा आकांक्षा हुन्छ। सबै नेताहरूलाई जिम्मेवारी पाउने वातावरण बनाएर अगाडि बढ्छौं।’

अधिवेशनका लागि अध्यक्ष राईको अध्यक्षतामा अधिवेशन मूल आयोजक कमिटी बनाइएको छ। जसमा जिल्ला कमिटीका पदाधिकारी, सबै सदस्य साथै ९ वटै स्थानीय तहका इन्चार्ज र भोजपुर नगर कमिटीका अध्यक्ष सदस्य छन्।

अधिवेशनका लागि अध्यक्ष राईको संयोजकत्वमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखन समिति बनाएको छ । यस्तै रमादेवी राईको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति बनाको छ।

ध्यानबहादुर राउतको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, नविन प्रधानको संयोजकत्वमा खाना आवास समिति, एक्सन राईको संयोजकत्वमा प्रचारप्रसार, इन्द्र थापाको संयोजकत्वमा आर्थिक संकलन, रेवतीरमन थापाको संयोजकत्वमा स्वयंसेवकलगातका समिति बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

तीर्थ कुमार राईको संयोजकत्वमा उत्तमसिं राई, दावातेन्जिङ शेर्पा, योगराज लुईटेल, भोला राई, खगेन्द्र राई, सम्झना प्रधान सम्मिलित रहेको ७ सदस्यीय निर्वाचन कमिटी बनाइएको छ। अधिवेशमा भोजपुर जिल्लाका ८१ वडा, १८ वटा जनसंगठनबाट करिब ६ सय जना प्रतिनिधि सहभागी हुनेछन्।