अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुपाल्चोकको १०औं अधिवेशन सुरु

एमाले सिन्धुपाल्चोकको १०औं अधिवेशन सुरु


सिन्धुपाल्चोक-नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन आजदेखि चौतारामा सुरु भएको छ। अधिवेशनको उद्घाटन एमाले केन्द्रीय अनुशासन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहराले गर्नुभएको थियो।

जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७४७ प्रतिनिधिहरु सहभागी हुने एमाले सिन्धुपाल्चोकले जानकारी दिएको छ।

अधिवेशन उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुगेल लगायतका नेता-कार्यकर्ताहरु उपस्थिति हुनुहुन्थ्यो।

अधिवेशनमा गाउँ गाउँबाट हजारौ एमाले कार्यकर्ता तथा एमाले शुभचिन्तकहरु सहभागी भएका थिए।

एमाले सिन्धुपाल्चोकको १० औ जिल्ला अधिवेशनको बन्द सत्र भोलि बिहान बाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । बन्द सत्रको सबै तयारी पूरा भएको नेपालले जानकारी दिनुभयो।

बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धीको खाका पनि पेश हुने छ। प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु हुने छ। सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचन प्रक्रियामा जाने जिल्ला इञ्चार्ज गोकुल बास्कोटाले जानकारी दिनुभयो।

जिल्ला अध्यक्षमा दुईजनाले दाबी गरेका छन्। वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठले अध्यक्षमा दाबी गर्नुभएको हो। अन्य पदहरुका आकक्षीले भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।