अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

नेकपा एसले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने


काठमाडौं-नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।

सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमतीमा विश्वासको मत दिने भएको हो।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने भएपछि बागमती प्रदेशमा विश्वासको मत दिन लागेको बताए।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ। बागमतीमा नेपाली कांग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्।

गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुन: विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।