अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं-नेपाली बजारमा सुन-चाँदीको मुल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो।  

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो।