अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज एकैदिन तोलामा २३ सय बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौँ-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु.एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो। आजका लागि भने छापावाला सुन तोलामा रु.एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ।

त्यस्तै, तेजाबी  सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो। आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ।

यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ। बिहिबार प्रतितोला रु.एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ।