अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढेको बढ्यै,आज तोलाको १ लाख ४० हजारमा किनबेच

सुनको मूल्य बढेको बढ्यै,आज तोलाको १ लाख ४० हजारमा किनबेच


काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि वैशाख ७ गते छापावाल सुन एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार भने हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँ बढेको हो ।
बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।