अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सर्लाही अध्यक्षमा पुनः साह

एमाले सर्लाही अध्यक्षमा पुनः साह


सर्लाही-नेकपा एमालेको सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ। एमालेको नवौँ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन हुनुभएको हो।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उपसचिव (खुल्ला)मा बलराम एस्माली मगर र उपसचिव (महिला)मा विभा नेपाल निर्वाचित हुनुभएको छ। 

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको हो। कूल ६१० प्रतिनिधिमध्ये ५७४ जना बुधबार मतदानमा सहभागी भएका थिए।