अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले विस्वासको मत लिने बैठक अवरुद्ध नगर्न सभामुख घिमिरेको काँग्रेसलाई आग्रह

प्रधानमन्त्रीले विस्वासको मत लिने बैठक अवरुद्ध नगर्न सभामुख घिमिरेको काँग्रेसलाई आग्रह


काठमाडौं- सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेकाले सहकार्य गरेर अघि बढ्न दलहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत दिने कार्यक्रममा अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने बताउनुभयो। ‘हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ,’ सभामुखको भनाइ छ, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ।’
उहाँले संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य पनि भइरहेको जानकारी दिनुभयो।

‘यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो। यो पनि सहमतिको एउटा अंश हो। अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ। आज सहकार्य गरौं,’ घिमिरेले भन्यौ।