अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ध्यान ‘मिसन-८४’ मा केन्द्रीत छ: ईश्वर पोखरेल

एमालेको ध्यान ‘मिसन-८४’ मा केन्द्रीत छ: ईश्वर पोखरेल


बर्दिबास-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले जनताको चहाना पूरा गर्दै मिसन-८४ मा केन्द्रित रहेको बताउनु भएको छ।

आज बर्दिबासमा एमालेको स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको आयोजना तथा एमाले मधेश प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारीहरु सम्मिलित तीन दिने प्रशिक्षणको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको सरकार देश र जनताप्रति उत्तरदायी हुन नसकेको कारण एमालेसहितको नयाँ समिकरण बनाएर अघि बढ्नु परेकोसमेत बताउनुभयो। उहाँले नयाँ सरकारलाई सफल बनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउनतर्फ लागेको बताउनुभयो।

एमाले राष्ट्रियताको पक्षमा लड्ने पार्टी भएको र त्यसका लागि पार्टी सुदृढीकरण तथा शुद्धीकरणको अभियानमा रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई थियो।

मधेश प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता र प्रदेश सचिव मनोज पौडेलको सहजिकरणमा भएको कार्यक्रममा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरु रामऔतार यादव, कल्पना कटुवाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपसचिव आरती भण्डारिले स्वागत गर्नुभएको थियो।

प्रशिक्षणमा स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने, प्रणालिगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, स्थानीय विकासः नयाँ सोच र नयाँ काम र स्थानीय तहको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले बताउनुभयो।

प्रशिक्षणमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, देवेन्द्र दाहाल, तत्व तिमल्सिना, हर्कराज राई, रामशरण प्याकुरेलले विभिन्न विषयमा प्रशिक्षण दिनुहुने बताइएको छ।