अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने विषयमा छलफल भयो: महेश बर्तौला

शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने विषयमा छलफल भयो: महेश बर्तौला


काठमाडौँ-प्रमुख दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले संसद् गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताउनु भएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको उहाँले बताउनु भएको हो।

उहाँले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘बैठक सकारात्मक छ। हाउसको गतिरोध अन्त्य गर्न टीओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ। सत्ता पक्षबाट लचकता भएको छ। व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन। अरू विषयमा संसदीय गरिमा कायम राख्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेस शुक्रबारको बैठकबाट सकारात्मक रूपमा बाहिरिएको बताउनु भयो । उहाँले शनिबार ३ बजे बस्ने बैठकमा कांग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताउनु भयो ।