अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले दमक नगरको अध्यक्ष राम पौडेल विजयी

नेकपा एमाले दमक नगरको अध्यक्ष राम पौडेल विजयी


दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ ।
पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु भएको हो । पौडेलका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७,युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गरेको छन् ।
यसैगरी उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धीहरु दिपेश दाहालले १२९ र चन्द्रप्रसाद गुरागाईंले ३२ प्राप्त गर्नुभयो । सचिवमा गिरेन्द्र चम्लागाईंले १८१ मत ल्याएर विजयी हुँदा तेजप्रसाद तिवारीले १५५ मत प्राप्त गर्नुभएको छ । उपसचिवमा झसराज ढकालले १२९ मत पाएर विजयी हुँदा डेन्जोङ शेर्पाले ७४,गजेन्द्र धिमालले ४०, खड्ग राईले ३५ र मणिराज धिमालले २९ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिवमा सीता कार्कीले १९० मत ल्याएर विजयी हुँदा मुना सिग्देलले १३० मत प्राप्त गर्नुभएको छ ।
अधिवेशनले ८१ सदस्यीय कमिटी चयन गरेको छ ।
अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले अस्ती बिहिबार गर्नुभएको थियो । उहाँले सकेसम्म सहमती गरेर कमिटी गठन गर्न र नभए बिलम्ब नगरी निर्वाचनमा जान निर्देशन दिनुभएको थियो ।