अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र एम्नेष्टीकी महासचिवबीच एमाले मुख्यालयमा के के कुराकानी भयो ?

अध्यक्ष ओली र एम्नेष्टीकी महासचिवबीच एमाले मुख्यालयमा के के कुराकानी भयो ?


काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव डा अग्नेज कल्लामार्डले भेटवार्ता गर्नुभएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको सुनिश्चित गरिएको बताउनुभयो। उहाँले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पारेको कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो।

भेटमा महासचिव डा कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेदजस्ता विषयमा जिज्ञासा राख्नु भएको थियो ।