अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा मार्सल लगाएर भए पनि सरकारको नीति कार्यक्रम पास गर्ने तयारी

संसदमा मार्सल लगाएर भए पनि सरकारको नीति कार्यक्रम पास गर्ने तयारी


काठमाडौं- मार्सल लगाएर भए पनि सरकारले आज नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ । आजको बैठकमा सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१\८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । बैठक ११ बजेलाई बोलाइएको भए पनि काँग्रेस सहमतिमा आउछ कि भनेर केहीबेर ढिला गरेको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । आज नै छलफल थालनी गरेर उठेको प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुंगिन सकेको छैन । शुक्रबार पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो । तर, कांग्रेससँगको वार्ता सकारात्मक नभएपछि आजसम्मलाई सारिएको थियो ।
आजको बैठकमा पनि काँग्रेसले अवरोध गर्ने बुझेको सत्ता पक्षले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेर भए पनि नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ ।