अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चद्वारा जेठ १५ गतेभित्र सदस्यता नविकरण गर्न आह्वान

एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चद्वारा जेठ १५ गतेभित्र सदस्यता नविकरण गर्न आह्वान


काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले २०८१ जेठ १५ गतेभित्र सदस्यता नवीकरण गर्न आह्वान गरेको छ। खोटाङ जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायी गरी सम्पर्क मञ्चमा आवद्ध भएका सबै महानुभावहरु जेठ १५ गतेभित्र पार्टी सांगठानिक सदस्यता नवीकरण गर्न गर्न आह्वान गरेको हो।

२०८१ जेठ १५ गतेभित्र पार्टी सांगठानिक सदस्यता नवीकरण गरिसक्नु पर्ने नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘माथिल्लो कमिटीको निर्देशन अनुसार २०८१ जेठ १५ गतेभित्र सदस्यता नवीकरण गरिसक्नु पर्ने छ।’

सम्पर्क अन्तर्गत रहेका पार्टी सांगठानिक सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्न माथिल्लो कमिटीको निर्देशन अनुसार सदस्यता नवीकरण गर्नका निम्ति आह्वान गरिएको एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिपक प्रसाद दाहाले जानकारी दिनुभयो। मञ्चका अध्यक्ष दाहाले भन्नुभएको छ, ‘नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्च अन्तर्गत रहेका पार्टी सांगठानिक सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा माथिल्लो कमिटीको निर्देशन अनुसार मिति२०८१ जेठ १५ गतेसम्म रहेकाले सम्पर्क मञ्चका पदाधिकारी, सचिवालय सदस्य, सदस्यहरु, सल्लाहाकारहरु, क्षेत्र,  नगर र पालिका सम्पर्क मञ्च पदाधिकारी तथा सदस्यहरुमा तपसिल मिति, समय, स्थान, शुल्कसहित अनिवार्य उपस्थित भई आफ्नो सांगठानिक सदस्यता नविकरण गर्न/गराउन हार्दिक अनुरोध गर्दछौं।’

पार्टी सांगठानिक सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनका लागि रु.४९० लाग्ने सम्पर्क मञ्चका अध्यक्ष दाहाले बताउनु भयो। नयाँ सदस्यता लिनका नागरिताको एकप्रति फोटोकपी र पासपोर्ट साइजको दुईप्रति फोटो चाहिने उहाँले बताउनुभयो।

सम्पर्क मञ्चका अध्यक्ष दाहाले २०८१ जेठ १३ र १४ गते ४ बजेदेखि ६ बजेसम्म मञ्च कार्यालय खुल्ला रहने पनि जानकारी गराउनु भएको छ। उहाँले मञ्चका उपसचिव उमा आचार्य र मञ्च कार्यालय सचिव ९८६०२६९१०० सम्पर्क पनि गर्न उहाँले बताउनु भयो।