अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धनकुटाको अध्यक्षमा शिव आङ्लाको प्यानल नै विजयी

एमाले धनकुटाको अध्यक्षमा शिव आङ्लाको प्यानल नै विजयी


काठमाडौं -नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित हुनुभएको छ।
मतदान प्रक्रियाबाट लिम्बु अध्यक्षमा निर्वाचित हुनुभएको हो। लिम्बु ३ सय १४ मत ल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत पाउनुभएको छ।

उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित हुनुभएको छ । उहाँले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाउनुभएको छ।
अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित हुनुभएको छ । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाउनुभएका छ।
खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत पाउनु भएको छ।
महिला उपसचिवमा तुलसी राई २ सय ६५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी मनकुमारी तामाङ तितुङले २ सय २६ मत पाउनुभएको छ ।
लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भएको थियो । निर्वाचनमा ५ सय ४८ प्रतिनिधि सहभागी थिए ।