अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा

एमाले मकवानपुरको अधिवेशनको तयारी अन्तिम चरणमा


वाग्मती-नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मकवानपुरको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ।

हेटौँडामा यही जेठ १८ र १९ गते हुने १२ औँ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो। एमाले मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न तयारी समितिसमेत गठन गरिएको बताउनुभयो। 

मकवानपुरका १० वटै पालिकाका प्रतिनिधि, परिवेक्ष तथा विभिन्न जनवर्गीय सङ्गठनबाट छानिएका सात सय ६९ प्रतिनिधि सहभागी हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । सो अधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ। अधिवेशनलाई सफल बनाउन दुई सय जना स्वंयसेवक परिचालन गरिने र उद्घाटनको अघिल्लो दिन हेटौँडा उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिने जनाइएको छ।