अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री होइन, मिसन-२०८४ हो: शंकर पोखरेल 

एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री होइन, मिसन-२०८४ हो: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ सम्म जाने बताउनुभएको छ।

नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेसले समीकरण फुटाउन अनेक जाल रचेको भए पनि सफल नहुने बताउनुभयो।

महासचिव पोखरेलले अहिले एमालेलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दै हिँडेको बताउनुभयो। उहाँले एमालेको लागि प्रधानमन्त्री र मन्त्रालय अहिले महत्वको विषय नभएको प्रष्ट पार्नुभयो। ‘त्यति थोरै मन्त्रालय लिनुभन्दा त बरु  प्रधानमन्त्री नै लिनोस् न भन्दै काँग्रेस अफर गर्दै हिँडेको छ तर एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री नभई मिसन-२०८४ हो’, उहाँले भन्नुभयो । 

वर्तमान सत्ता समीकरणमा नेकपा एमाले प्रमुख र ठुलो दल भए पनि सरकारमा एमालेले मन्त्रालय रोज्ने काम नगरेको उहाँले बताउनुभयो। ती कुरामा एमालेको ध्यान नगएको उहाँले प्रष्ट पार्नुभयो ।