अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम र रोजगारीको क्षेत्र कमजोर छ: मुख्यमन्त्री कार्की

श्रम र रोजगारीको क्षेत्र कमजोर छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताउनु भएको छ।उहाँले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भइरहेको बताउनु भयो।

विराटनगरमा सुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिएका कार्यक्रमले मात्रै नपुग्ने बताउनु भयो।

मुख्यमन्त्री कार्कीले जोगमनी किमाथांका नाका खोल्ने हो भने धेरै रोजगारी सिर्जना हुने र कृषि उत्पादन वृद्धि हुने बताउनुभयो। उहाँले त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजीको विकास गर्न सके मात्रै संविधानले कल्पना गरेको समाजवाद प्राप्त हुने बताउनुभयो।