अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महिला भेला समापन गर्दै महासचिव पोखरेलले भन्नुभयो -अहिलेको समीकरण मिशन–०८४ सम्म कायम रहन्छ

एमालेको महिला भेला समापन गर्दै महासचिव पोखरेलले भन्नुभयो -अहिलेको समीकरण मिशन–०८४ सम्म कायम रहन्छ



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन–०८४ सम्म कायम राख्ने बताउनु भएको छ ।
नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताउनु भएको हो । ‘अहिलेको समीकरण मिशन–८४ सम्म कायम राख्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिशन–८४ मा त्यस्लाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिशन–८४ सम्म लिएर जान चाहन्छौँ ।’
एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्युहलाई तोडेको स्मरण गराउनुभयो । ‘नेकपा ९एमाले०लाई भविष्यको निर्णायक शक्तिको रुपमा स्थापित गर्ने र कसैको साहारा अनि वैशाखी विना बहुमतको सरकार निर्माण गर्ने उदेश्यका साथ यात्रामा जुटेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामी आजको सोचिरहेका छैनौँ । भविष्यका लागि सोचिरहेका छौँ । उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौँ ।’
उहाँले छोरा र छोरीका विचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्न भन्ने सोँचबाट माथि उठ्नुपर्ने पनि उल्लेख गर्नुभयो । ‘छोरा र छोरीका विचमा अर्थात छोरा भएन भने त मुक्ति पाइन्न भन्ने साँस्कृतिक मनोदशा हाम्रो पारिवारिक ढाँचामा छ,’ उहाँले भन्नुभयो, ‘आमाहरु र बाबाहरुमा पनि उत्तिकै छ । समाजलाई समानतातर्फ लैजाने हो भने बैतर्नी तार्ने सामथ्र्य छोराहरुमा मात्रै होइन छोरीहरुमा पनि छ भन्ने सन्देश बोकेर आमाहरु र बाबाहरुले पनि बोकेर जानसक्नुपर्छ । त्यसपछि मात्रै हामीले चाहेको समानताको अधिकार तयार हुन्छ ।’
कार्यक्रममामा जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको शसक्तिकरणको पक्षमा महिलाहरुसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका लगतयत देशभरका अव्यवस्थित रुपमा बाससोवास गरेका वसोवासीको बस्तीहरुमा भैरहेको डोजर आतंक बन्द गर्नुपर्नेलगयतका विभिन्न प्रस्ताव पारित गरिएको थियो । भेलाको दोस्रो दिन अर्थात आज १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल भएको थियो ।