अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा एमाले र माओवादीको समर्थनमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने

मधेसमा एमाले र माओवादीको समर्थनमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने



काठमाडौं – मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने भएको छ ।
बिहीबार बसेको नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टी बिच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । जनमत पार्टीका अध्यक्ष डा।सीके राउतको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

लिखित सहमतिमा तीन दलका नेताहरूले हस्ताक्षर गर्नुभएको छ । मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि नयाँ समीकरण गर्न लागिएको उहाँहरूले गर्नुभएको निर्णयमा उल्लेख छ ।

गते नेपाल कम्युनिष्ट पार्टी एमाले, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दलको सहभागितामा नयाँ संयुक्त मधेस प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको लिखित सहमतिमा उल्लेख छ ।

सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलसँग पनि संवाद अघि बढाउने निर्णय बैठकमा भएको छ ।