अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गिरीबन्धु टी स्टेट बेचेर खान नपाएपछि कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो: अध्यक्ष ओली

गिरीबन्धु टी स्टेट बेचेर खान नपाएपछि कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो: अध्यक्ष ओली


भक्तपुर-नेकपा एमालेका एवं अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाउनु भएको छ।

बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको पनि बताउनु भयो। उहाँले देशको लागि नेपाली कांग्रेसले एउटा सिन्को पनि नभाँचेको आरोप लगाउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नु पर्‍यो, बेचेर खान नपाइने भयो भनेर ‘स्यालहुँइया’ मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्‍यो भनेर,’ यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन्। देश बनाउने कसरी त्यो आइडिया छैन। अनि एमालेलाई बद्नाम गर्ने। यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि। एउटा सिन्को भाँचेको छ, यिनीहरूले देशका लागि।’ 

राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताउँदै उनले पशुपतिमा १०८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गर्नुभयो।

गिरीबन्धु टी स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताउँदै कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरीबन्धु टी स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको आरोप लगाउनु भयो।