अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज

श्री एयरलाइन्सले थप्यो ८० सिटे जहाज


काठमाडौं- श्री एयरलाइन्सले ८० सिटे एउटा विमान थपेको छ।

श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डी हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका विमान कल साइन ुनाइनएन एओएमु थपेको हो।

८० सिटको क्यु ४००.८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक अनिल मानन्धरले जानकारी दिनुभयो।

उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु पूरा गरी उक्त विमानबाट श्री एयरलाइन्सले आफ्‌ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गर्नेछ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००\७०० तथा क्यु ४०० गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ।

सि आर जे २००\७०० तथा क्यु ४०० ड्यास गरी १० विमानहरुबाट काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत लगायत विमानस्थलमा र पर्वतीय उडानहरु गर्दै आइरहे