अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धि र विकासका लागि दुई दलीय व्यवस्था आवश्यक : शंकर पोखरेल

समृद्धि र विकासका लागि दुई दलीय व्यवस्था आवश्यक : शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण गर्दै पोखरेलले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताउनुभयो ।

धेरै राजनीतिक दल भए अस्थिरता बढ्छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘जति धेरै दल रहन्छन्, त्यति धेरै अस्थिरता बढ्छ । त्यसैले दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ ।’

नयाँ दलले देशलाई निकास दिन नसक्ने भन्दै उहाँले पुरानै दलमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । ‘नयाँ दलबाट केही हुँदैन’, उहाँले भन्नुभयो , ‘पुराना दलमा भएको खराब प्रवृत्तिलाई सुधारेर अघि बढेमात्रै देशको प्रगति सम्भव छ ।’

महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिका( ११ मालेडाँडामा राखिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरण गर्नुभएको छ । ।