अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच छलफल जारी

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच छलफल जारी


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री रविबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेकहो हो।

संकटग्रस्त सहकारी संस्थाहरुमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ। यसअघि बुधबार पेशी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल चलिरहेको हो ।