अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु


काठमाडौं-संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको हो।

बैठकबाट विभिन्न ५ वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको तयारी छ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष एवं पूर्व केपी शर्मा ओलीबीच भेटघाट भएको थियो। 

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन्।

निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको तयारी परिषद सचिवालयले गरेको छ। 

संवैधानिक परिषदको सिफारिस संसदीय अनुमोदन भएमा राष्ट्रपतिले संवैधानिक पदाधिकारी नियुक्त गर्ने प्रावधान छ।