अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ देशमा राजदूत सिफारिस, अमेरिकाका लागि चन्द्र घिमिरे 

आठ देशमा राजदूत सिफारिस, अमेरिकाका लागि चन्द्र घिमिरे 


काठमाडौं-सरकारले रिक्त रहेका ८ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले हालै ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता गरेको थियो। तीमध्ये आठ देशका लागि राजदूत सिफारिस गरिएको हो।

सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ।

यस्तै सुम्निमा तुलाधर डेनमार्क, डा. विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो । सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो। एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन्। बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेको छैन।