अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मौद्रिक नीति राष्ट्र बैंकको मात्र चिन्ताको विषय होइन: पूर्व अर्थमन्त्री पाण्डे

मौद्रिक नीति राष्ट्र बैंकको मात्र चिन्ताको विषय होइन: पूर्व अर्थमन्त्री पाण्डे


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मौद्रिक नीति नेपाल राष्ट्र बैंकको मात्र चिन्ताको विषय नभएको बताउनु भएको छ।

बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले राष्ट्र बैंक सरकारको मातहतमा चल्ने भएकाले मौद्रिक नीतिमा समग्र सरकारको भूमिका हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘मौद्रिक नीति राष्ट्र बैंकको मात्र जिम्मेवारी होइन। यो अर्थमन्त्रालय, अर्थमन्त्रीको मातहतमा हुन्छ। सरकारले भनेको कुरा राष्ट्र बैंकले नटेर्ने भन्ने हुँदैन।’

यस सत्रमा पूर्वअर्थमन्त्री प्रकाश शरण महत, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेल, अर्थशास्त्री सुर्यबहादुर थापाको सहभागिता रहेको छ। यस सत्रको सहजकर्ताकाे भूमिकामा वरिष्ठ पत्रकार दिल भूषण पाठक हुनुहुन्छ ।