अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुढीखोलाले मोरङ सुन्दर हरैंचाका एकै परिवारका चार जनालाई बगायो,एकजनाको मृत्यू,दुईजना बेपत्ता

बुढीखोलाले मोरङ सुन्दर हरैंचाका एकै परिवारका चार जनालाई बगायो,एकजनाको मृत्यू,दुईजना बेपत्ता


मोरङ-मोरङ र सुनसरीको सिमानामा पर्ने बूढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ।
बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन्। त्यसमध्ये एकको मृत्युभएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिनुभयो।
यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्।

बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो। रासस