अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो: नेकपा एमाले

जसपा नेपालले समर्थन फिर्ता नलिएको भए राम्रो हुन्थ्यो: नेकपा एमाले


काठमाडौँ-नेकपा एमालेले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अहिले कुनै कारण नभएको जनाएको छ।

बुधबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जसपा नेपालले समर्थन फिर्ता लिने भनेर निर्णय जानकारीमा आए पनि औपचारिक रूपमा संसद्लाई जानकारी गराइ नसकेको बताउनुभयाे। 

उपमहासचिव ज्ञवालीले भन्नुभयाे, ‘उहाँहरुले संसदलाई अहिलेसम्म जानकारी गराउनुभएको छैन। त्यसो नगर्नु भएको भए हुन्थ्यो। यसबीचमा कुनै कारण नै छैन। केही विषयमा उहाँहरु आफ्नो कुरा राख्नुभएको थियो।’

उपमहासचिव ज्ञवालीले जसपा नेपालकै प्रस्तावमा आफूहरुले भूमि अध्यादेश निष्क्रिय बनाएको बताउनुभयाे। उहाँले समर्थन फिर्ता लिन निर्णय नगरेको भए राम्रो हुने बताउनुभयाे।