काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन।
प्रतिक्रिया