अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विकसित राजनीतिक घटनाक्रममा छलफल गर्न एमाले सचिवालय बैठक सुरु

विकसित राजनीतिक घटनाक्रममा छलफल गर्न एमाले सचिवालय बैठक सुरु


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो। 

बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उएमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो । बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउने प्रमुख गौतमले बताउनुभयो ।

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाउने बारे निर्णय गर्ने बताइएको छ।