अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?


काठमाडौं-नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन आग्रह गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भोलिसम्ममा राजीनामा दिन आग्रह गर्ने लगायतका निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

यी हुन् एमालेले गरेका निर्णयहरू–
१. एमाले र काँग्रेसबीच नयाँ सरकार निर्माणका लागि भएको सहमतिको अनुमोदन गर्ने ।
२. नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने ।
३. राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आह्वान गर्ने ।