अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ-नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। २०८१ असार २३ गते आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो। 

प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो । बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। 

नेपाली काँग्रेससँग नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिदै हुनुहुन्छ।