अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की

प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताउनुभएको छ।

प्रदेश आन्तरिक मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दैे उहाँले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको सङ्ख्या भने नबढाउने स्पष्ट पार्नुभयो। 

उहाँले नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गर्नुभयो। उहाँले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण बताउनुभयो।