अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

च्यासलमा एमाले केन्द्रीय संगठन विभाग बैठक जारी

च्यासलमा एमाले केन्द्रीय संगठन विभाग बैठक जारी


काठमाडौं-नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठक आज पनि पार्टी कार्याल च्यासल, ललितपुरमा जारी छ। 

संगठन विभागको हिजाेबाट सुरु भएको १८ ओैँ बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले संगठन विभागलाई मार्गदर्शन गर्नुभएको संगठनका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो।

बैठकले वर्ष भरिको कामको समीक्षा गर्नुको साथै आगामी वर्षको कार्ययाेजना निर्माण गरिएको ढुङ्गेलले बताउनुभयो। 

बैठक असार २५ गते केन्द्रीय कार्यालयमा सुरु भएको थियो। बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल लगायतले आफ्नो धारणा राख्नु भएको थियो।