अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली संविधानको ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुहुन्छ: रमेश लेखक

अध्यक्ष ओली संविधानको ७६ को २ अनुसार प्रधानमन्त्री बन्नुहुन्छ: रमेश लेखक


काठमाडौं-नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताउन भएको छ।

आज प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै सांसद समेत रहेका लेखकले यस्तो बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुभयो । दुई वटा ठुला पार्टी मिल्दैमा डराउन आवश्यक नपर्ने बताउँदै मुलुकलाई ठिक ठाउँमा पुर्‍याउने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘दुईवटा पार्टी मिल्नेबित्तिकै तर्सिनुपर्ने, आत्तिनुपर्ने छैन। नयाँ घटना भयो भन्ने पनि होइन। इतिहासमा यसरी ठूला पार्टी मिलेका छन्। हामी यसरी मिल्दैगर्दा नयाँ इतिहास निर्माण गरेका छौँ ।’ 

उहाँले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उनीमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताउनु भयो।